गृहमन्त्री रामबहादुर थापाको ठाडो निर्देशन कार्यन्वयन गर्दै प्रहरीले एक ठेकेदारलाई प्रक्राउ गरेको छ । सयममै काम नसकेपछि कास्की प्रहरीले एक ठेकदारलाई प्रक्राउ गरेको हो ।
गएको असारमै १४ सय मिटर सडक निर्माण गर्नुपर्नेमा थप ११ महिना वितिसक्दा पनि निर्माण नगरेपछि ठेकेदार सुरेन्द्र बस्नेतलाई प्रक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पृथ्वी राजमार्गको गगनगौरादेखि लेखनाथसम्म १४ सय मिटर बाटो असारसम्म निर्माण गर्ने गरी २ करोड ४४ लाखमा बस्नेतले ठेक्का लिएका थिए ।
गृहमन्त्री थापाले केही दिन अघि समयमै काम नगर्ने ठेकेदारको सूचि बनाएर पठाउन सम्वन्धित जिल्लालाई निर्देशन दिदै सचेत गराउनु नमाने प्रक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भनेका थिए ।










