बाजुरा । बुढीनन्दा नगरपालिका –६ की २१ वर्षीया मनिषा मियाँलाई सोमबार गहुँ काट्न गएका बेला खेतमै सुत्केरी बेथाले च्याप्यो ।

मियाँलाई सुत्केरी बेथाले च्यापे पछि आफन्तले तत्कालै स्टेचरमा राखेर डेढ घण्टाको दुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीतिर लिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य चौकीसम्म पु¥याउन नपाउँदै उनलाई चरम पीडा भयो । तत्काल स्वास्थ्यकर्मीलाई खबर भो । प्राथमिक स्वास्थ्य केन्द्र अन्र्तगत फेज नेपालमा कार्यरत स्टाफ नर्स मुना देवकोटाले बाटोमै मनिषालाई सुत्केरी सेवा दिइन् । मनिषाले राम्रैसँग सन्तान जन्माइन् ।

गाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र र फेज नेपालले बिरामी भएको ठाउँमा सेवा दिन थालेका छन् ।

बुढिनन्दा नगरपालिका ३ का ७२ वर्षीय गगने रोकाया दमको बिरामी हुन् । उनले नियमित रुपमा औषधि खानु पर्छ । औषधि लिनका लागि ४ घण्टा टाढा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र वा एक दिनको दुरीमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा पुग्नु पर्ने बाध्यता छ । तर फेज नेपालले गाउँमै आएर सेवा दिन थाले पछि औषधिका लागि टाढा जानुपर्ने बाध्यता टरेको उनले बताए ।

कोल्टी जस्तै स्थानीय स्वास्थ्य संस्था र फेज नेपालले दुर्गम तथा पछाडी परेका, स्वास्थ्यको पहुँच भन्दा बाहिर रहेका ठाउँमा गएर बिरामीको उपचार र निशुल्क औषधि बितरण गर्दै आएको छ ।

सरकारले उपलब्ध नगराउने औषधि, आवश्यकता अनुसारका औषधि र स्वास्थ्यकर्मी परिचालन गर्ने गरेको फेज नेपालमा कार्यरत मुना देवकोटाले बताइन् ।

स्वास्थ्य संस्थाले १ सय ३५ भन्दा बढि प्रकारका औषधि निशुल्क दिने गरेको छ । ‘हप्तामा तीन दिन गाउँमै गएर औषधिपोचार गर्ने गरेका छौं’ मुनाले भनिन् ।

संस्थाले बाजुराका दुर्गम हिमाली गाउँपालिका, स्वार्मीकार्तिक गाउँपालिका र बुढिनन्दा नगरपालिकामा हप्ताको तीन दिन निशुल्क रुपमा औषधिपोचारको सेवा दिन थाले पछि गर्भवती महिला, बिरामी, वृद्धवृद्धा लगायत अशक्तहरुलाई टेवा पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. बिजय शाहले बताए ।