नेपालका प्रहरीका १६ जना डिआइजी र २२ जना एसएसपीको बढुवा भएको छ। बढुवा समितिको सिफारिसअनुसार उनीहरुको बढुवा भएको हो ।

गत साताको बढुवा सिफारिसमा उजुरी नपरेपछि १६ डिआईजी तथा २२ एसएसपीको बढुवा गरी शुक्रबार उनीहरुलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बढुवा भएकाहरुलाई डिआईजी र एसएसपीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन्। तर, बढुवा भएकाहरुले पदस्थापन भने भएको छैन।

डिआईजीमा बढुवा हुनेहरुमा केदार रिजाल, शेरबहादुर बस्नेत, पिताम्बर अधिकारी, दिपक कुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, रबिन्द्र प्रसाद शर्मा, कमल जिटी, महेन्द्र कुमार पोखरेल, महेश बिक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिह बोहोरा, सुशील भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी छन्। स्रोतका अनुसार बढुवा भएका डिआईजीहरुलाई प्रदेश इन्चार्जका रुपमा पठाउने तयारी भइरहेको छ। विगतमा प्रदेशमा एआईजी खटाइएकोमा सरकारले नै उनीहरुको दरबन्दी फाजिलमा राखिसकेको छ। तर, कसलाई कुन प्रदेशमा पठाउने कुरा मिलेको छैन ।

शुक्रबार एसएसपीमा बढुवा हुनेहरु राजेन्द्र ढकाल, सहकुल थापा, अरुण बिसी, प्रकाश अधिकारी, सुशील यादब, मुकुन्दराज आचार्य, शरदकुमार खत्री, हरिराज वाग्ले दिलिप बस्नेत, पूजा सिंह, विभूती पाण्डे, बिक्रम बहादुर चन्द, भोजजंग शाह छन्।

त्यस्तै नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मो्हन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोर कुमार दाहाल, शेखर कोइराला र प्रदीप कुमार श्रेष्ठ पनि बढुवा भएका छन्। उनीहरुको पनि पदस्थापन भएको छैन।