दमक /झापा दमक ८ मा रहेको एभरेष्ट बोर्डिङ हाई स्कुल दमकले आफ्नो २८ औ बार्षिकोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार आकर्षक कार्यक्रम सहित आफ्नै स्कूलको प्रांगणमा बार्षिकोत्सव भब्य रुपमा सम्पन्न गरेको हो ।

नीजि स्कूलहरुमध्येमा झापाको अग्रणी स्कूलको रुपमा रहेको एभरेष्टले आफ्नो बार्षिकोत्सव सास्कृतिक कार्यक्रम सहित मनाएको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लामा शिक्षा क्षेत्रमा सरोकार राख्ने सरोकारवालको नेतृत्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो अवसरमा नगर प्रमुख ओलीले एभरेष्टको दमकमा बेगल पहिचान पाउदा खुसि लागेको भन्दै नगरपालिकाले सक्ने सहयोग गर्ने र यस स्कूललाइ सधै आफूहरुको रचानत्मक साथ रहने प्रतिबद्धता जनाएका थिए ।

जिल्ला शिक्षा अधिकारी योगेन्द्र प्रसाद दूलाल, प्याप्सन झापाका प्रदेश नं. १ का संयोजक नारायणप्रसाद घिमिरे लगायतले बिद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशशा गरेका थिए ।

बिद्यालयका फाउण्डर प्रीन्सिपल कोशराज प्याकुरेलले बिद्यालय यहाँसम्म आइपुग्न अभिभावक र यहाँको समाजको महत्वपूर्ण भूमिका रहेको भन्दै शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि कुनै कन्चुस्याइ नगर्ने प्रतिबद्धता जनाए ।