तपाईले प्राय सुन्नु भएको छ महिला हिंसा भएका घट्नाहरु दिनप्रति दिन बढ्दै गएको छ । महिलाको तुलनामा कम तर धेरै खतरापुर्ण तरिकाबाट पुरुष महिलाहरुबाटै हिंसाको शिकार पर्ने गरेका छन् ।

पछिल्लो समय विराटनगर महानगरपालिका भित्रै पुरुष पनि महिलाहरुबाट हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विराटनगर महानगपालिकाको न्यायिक सेवा समितिमा महिलामाथिको हिंसा मात्र नभई पुरुषमाथि भएका हिंसाका उजुरीहरु पनि आउन थालेका हुन । अहिलेसम्म पुरुषमाथिको हिंसाका तीन वटा उजुरीहरु न्यायिक समितिमा परेका छन ।

महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीको संयोजकत्वमा बनेको न्यायिक सेवा समितिले सेवा प्रदान गर्न थालेपछि हाल सम्म ९० भन्दा वढी उजुरीहरु आएका छन । समितिमा सम्वन्ध विच्छेद ,घरेलुु हिंसा, जग्गा विवाद, पुुरुष तथा महिला हिंसा साथै झैझगडा लगायतका उजुुरी आउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

महिलाहरु हिंसामा परेको कुरा व्यक्त गर्छिन् तर पुरुषहरु हिंसामा परेको कुरा व्यक्त नगरिकन समाजमा हिड्छन् त्यो पीडा कसले वुझ्छ ?

उपप्रमुख कार्कीले हालसम्म घर निकाला गरेको भनेर पुरुषहरु माथिको हिंसामा तीनवटा उजुुरी परेको जानकारी समेत दिनु भयो ।महानगरपालिकामा परेका उजुरीहरुलाई सम्भव भएसम्म न्यायिक समितिले मिलाउने प्रयास गर्ने र नमिलेका मुद्धाहरु अदालत पठाउने गरेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रमाणका आधारमा मात्र नभएर व्यवहारिक पक्षको आधारमा पनि जनताको प्रतिनिधि भएर मुद्धा मिलाइने गरेको उपप्रमुख कार्कीको भनाई छ । विराटनगर महानगरपालिकाले केही महिना अघि मात्र न्यायिक इजलासबाट सहज र सुलभ सेवा दिनको लागि न्यायिक इजलासको सेवा सुरु गरेको हो ।

समाजमा पुरुषको व्यथा कहाली लाग्दो भएको गुनासो गरे । विहे गरेपछि महिलालाई पुरुषले नै पाल्नु पर्छ भन्ने वाध्यताले पुरुषहरु विदेशका काल कोठरीमा पुगेको र यहाँ घरका श्रीमतीले सम्पत्ति लिएर भागेका कुरालाई पनि लैंगिक हिंसाका कुरा गर्दा नजरअन्दाज गर्न नहुने उनले वताए ।

उनले एजेन्सीले पैसा दिने समयसम्म महिला हिंसा भनेर घर उचाल्ने र त्यसपछि चटक्कै छोडेर घर परिवार विचल्ली पार्ने अधिकार कसैलाई नभएको वताए ।

महिलाहरु हिंसामा परेको कुरा व्यक्त गर्छिन् तर पुरुषहरु हिंसामा परेको कुरा व्यक्त नगरिकन समाजमा हिड्छन् त्यो पीडा कसले वुझ्छ ? अव लैंगिक हिंसाका कुरा गर्दा महिला पुरुष दुवैका कुरा समेट्नु पर्ने उनले वताईन् । जनता टाइम्स बाट सभार