नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत भएका छन् । शनिबार मध्यान्ह संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा एकीकरणपछि बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत संसदीय दलको नेता छानेको हो ।
नेकपाका नेता देव गुरुङले ओलीको नाम प्रस्ताव गरेका थिए । गुरुङले ओलीको नाम प्रस्ताव गर्ने वित्तिकै उपस्थित सबै सांसदले ताली बजाएर समर्थन गरेका थिए। बैठक अहिले पनि जारी छ।
बैठकमा पार्टी एकीकरण भएको खुशीयालीमा चक्लेट बाँडिएको छ ।










