प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भारत १९५० को सन्धि फेर्न सहमत भएके खुलासा गरेका छन्।
पुनर्गठनपछि पहिलोपटक शनिबार बानेश्वरमा बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत सन १०५० को सन्धि पुरनावलोकन गर्न तयार रहेको बताए। उनले नेपाल र भारतके सम्बन्ध बराबरिमा आधारित हुने भन्दै असमान सबैखाले सन्धि फेरिने बताए।
सांसदहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विराटनगरमा भारतीय दूतावासले राखेको फिल्ड अफिस पनि छट्टै हटने बताए। उनले भने, ‘१९५० को सन्धि फेर्न भारत सहमत भइसकेको छ, अब विराटनगरको फिल्ड अफिस पनि छिट्टै उठ्छ।’
प्रधानमन्त्री ओलीको भारत र भारतीय समकक्षी मोदीको नेपाल भ्रमणका क्रममा सीमा र फिल्ड अफिसका बारेमा कुरा नभएको भन्दै पउनको आलोचना समेत भएको थियो। प्रधानमन्त्री ओलीले फिल्ड अफिस हट्ने बताए पनि कसरी हट्छ भन्ने बारेमा भने केही बताएनन्।
२०६५ भदौ २ गते कोशीमा आएको बाढीले ब्यारेज भत्काएपछि नेपालका सवारीसाधनले भारतीय भूमि प्रयोग गर्नु पर्ने बएका कारण भारतीय दूतावासले फिल्ड अफिस खोलेको थियो।
तत्कालीन माओवादी केन्द्रका नेता तथा हाल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएका बेलामा भारतीय दूतावासलाई पत्र नै लेखेर फिल्ड अफिस हटाउन आग्रह गरेका थिए। तर भारतले भने अटेरी गरी अहिलेसम्म उक्त अफिस हटाएको छैन।
अध्यक्ष ओलीले नेकपा लोकतान्त्रिक पार्टी भएको दावी गरे। कांग्रेस लगाएतका दलहरुले नेकपाको नेतृत्वमा अधिनायकवाद अाउने बताइरहेको बेला प्रधानमन्त्री ओलीले आफूहरुले कसैमाथि दमन नगर्ने बताएका हुन्।










