नेकपामा जाने १९ जना स्थायी कमिटीका सदस्य छान्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डालाइ ठूलो सकस परेको छ । पार्टी एकता अघिको माओवादी केन्द्रबाट नेकपाको स्थायी समितिमा १९ जना पर्नेछन् । यसमा दाबी धेरैको रहेको बुझिएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड आफै, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल र देव गुरुङ स्थायी समितिमा रहने पक्का रहेपछि बाँकीको नामको बिषयमा छलफल शुरु भएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमिक शेरचन, लिलामणि पोखरेल, राम कार्की दाबी रहेको बताइन्छ । मधेशी समुदायबाट मात्रिका यादव, रामचन्द्र झा र प्रभु साहको नाम अगाडि छ । गणेश साहपनि दाबी गर्नेमा पर्छन ।

अग्नि सापकोटा, हरिबोल गजुरेल, प्युठानका मणि थापा र लेखराज भट्ट, देबेन्द्र पौडेल पनि दाबी गर्नेमाछन् ।