सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने र कार्यसम्पादनमा अनियमितता गर्ने कर्मचारीलाई बिदा गर्न सरकार आतुर रहेको बताएका छन् । स्याङ्जा जिल्ला समन्वय समितिको सभाहलमा शनिबार आयोजित जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँगको भेटमा उनले वर्तमान सरकार ५ वर्षसम्मको स्थायी भएकाले पुन नौ महिनामा अर्को सरकार आउँछ र फाइदा लिउँला भन्ने मानसिकता हटाउन कर्मचारीलाई निर्देशन दिएका थिए ।
सरकारको तलब खाएर कामचोर प्रवृत्ति नदेखाउन पनि कर्मचारीलाई आग्रह गरे । ’काम गर्ने मन नभए कर्मचारीले अवकाश लिन सक्छन् तर सरकारबाट रकम लिएर आफूखुसी गर्न पाउने छैनन् ।पण्डितले भने डिउटीको बेला ट्रेड युनियन भनेर नहिँड्नसमेत उनले कर्मचारीलाई निर्देशन दिएका थिए । इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दा आइपर्ने समस्याबारे नडराई काम गर्न र सीधैं आफूलाई फोन गरेर जानकारी गराउन पनि आग्रह गरेका छन् ।
संघीयता र संविधानको सफलता र असफलता भन्ने जिम्मेवारी कर्मचारीसँग जोडिको भन्दै उनले थपे, ‘जनप्रतिनिधिले नेतृत्व गरेकाले कर्मचारीलाई साथमा नलिइ राजनीतिक काम गर्नुस । ऐन कानुन एकातिर र काम अर्को्तिर भएमा तपाईंलाई महालेखा परीक्षण, अख्तियार, सम्पति सुद्धिकरण हुन्छ भन्नेकुरा नबिर्सनुहोला ।
कार्यक्रममा अधिकांश जनप्रतिनिधिको प्रश्न कर्मचारी अभाव र नीति नियमको स्पष्ट खाका प्राप्त गर्न नसकेकोमा केन्द्रित थियो । मन्त्री पण्डितले उपत्यकाका ५ हजार कर्मचारीको दरबन्दी कटौती गरिएको र १० हजार कर्मचारी स्थानीय तहमा ल्याउने तयारी गरिएकाले असारबाट कर्मचारी अभावको समस्या आउन नदिने बताए ।










