सरकारले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत सांसदहरुले पाउदै आएको रकम कटौति गर्ने तयारी गरेको छ ।
पार्टी एकिकरण पछि सनिबार संघीय संसद भवन नयावानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्र्तगतको रकम कटौति हुने संकेत गर्नुभएको हो ।
विकासका कार्यक्रमका मोडालिटीको टुंगो नलागिसकेकाले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजनामा नआउन उहाँले सांसदहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “निर्णयतहमा पुगिनसकेका विषयमा अनावश्यक महत्व दिएर अनावश्यक सेन्टिमेण्टल नहुन आग्रह गर्दछु । ”
सरकारले यसअघि निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्र्तगत हरेक निर्वाचन क्षेत्रले पाउने ३ करोड र प्रत्येक सांसदले सांसद विकास कोष मार्फत पाउने ५० लाख रुपैयालाई अर्को व्यवस्था नहुन्जेल रोकेको छ ।जनाता समचार बाट










