सहबान अन्सारी

नवलपरासीको बिभिन्न क्याम्पसहरुमा नेपाल बिद्यार्थी संघ द्वारा बिरोध प्रदर्शन गरिएको छ । नेपाल विध्यार्थीसंघले नेपाल आयल निगम द्वारा लगातार पेट्रलियम पदार्थको मुल्य बृदिको बिरोध गर्दै आज बिहान त्रिभुवन क्याम्पस गेट अगाडी गोकुल कहारको संयोजकत्वमा करिब १ घण्टा जक्का जाम सहित बिरोध प्रदर्शन गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल बिध्यार्थी संघका जिल्ला अध्यक्ष राजन भण्डारीको नेतृत्वमा जिल्ला कार्य समिति र ईकाई कार्य समितिले आज बिहान त्रिभुवन क्याम्पस बेलाटारी, दिब्य ज्योती क्यापस चिसापानी,मोतीलाल क्याम्पस भुमही,महाकवि लक्ष्मी प्रसाद देवकोटा क्याम्पस सुनवल, र पाल्ही क्याम्पस जितपुरमा बिरोध प्रदर्शन गरिएको ने.वि.संघ नवलपरासीको उपाध्यक्ष अनोज यादवले जानकारी दिनु भयो।

ने.वि.संघ बिद्यार्थीहरुले लम्पसारबादी, अधिनायकबाद बन्द गर, नेपालको स्वभिमान कायम गर ,जस्तो नारा सहित सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।