उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यसमेत रहेका यादव ढाडको समस्याले पीडित हुँदै आएका छन् । उक्त समस्याको विगत केही वर्षदेखि उनी उपचार गराउँदै आएका थिए ।
दुखाई बढ्न थालेपछि यादवलाई गत आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनसम्म बोल्न र भेटघाटमा रोकसमेत लगाइएको थियो ।
एक सातासम्म नर्भिकमा उपचार गराउँदासमेत निको नभएपछि यादवलाई आज दिउँसो १ः३० बजे थाइल्याण्ड लगिँदैछ । थाइल्याण्डको ब्यांककस्थित बुम्रुनग्राड अस्पतालमा उपचार हुने पारिवारिक स्रोत जानकारी दियो ।










