सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालीका ३ तामाजोर लप्सेमा मदिरा सेवन गरेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

लप्सेका ४६ वर्षीय एकिङबहादुर गोलेले ४२ वर्षीया श्रीमती सुपरानी गोलेको हत्या गरेका हुन् । गोलेले खाना पस्कने पन्युँले सुपरानीको टाउकोमा हान्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सधैंजसो मदिरा सेवन गरि झै–झगडा गर्ने एकिङबहादुरले घटनाको दिन श्रीमतीसँग मदिरा सेवन गर्न २ सय रुपैयाँ मागेको र सुपरानीले दिन नमान्दा झगडा भएको थियो । श्रीमतीले मदिरा सेवन गर्न पैसा नदिए पछि गोलेले जवरजस्ती पैसा खोसेर मदिरा सेवन गरेका थिए ।

२१ वर्षीया छोरी सरिता गोलेका अनुसार गोलेलाई मदिरा सेवन पश्चात दिउसो १ बजेतिर सुपरानीले धेरै कर गरेर खाना खाना बोलाएकी थिइन् । श्रीमतीले धेरै कर गरे पछि बल्ल खाना खान आएका गोलेले श्रीमतीले खान पस्कने पन्युँ प्रहार गरेर हत्या गरे ।

प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले श्रीमतीको हत्या गर्ने गोलेलाई पक्राउ गरेको छ । महिला खबर बाट