संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगरी समय बिताउने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने बताउनुभएको छ । कार्यालय समयमा ट्रेड युनियन गतिविधि हुन नहुने बताउँदै मन्त्री पण्डितले काम नगरी राजनीति गर्ने छुट नभएको बताउनुभयो ।

कास्की जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलाई आज सम्बोधन गर्दै उहाँले काम नगरी समय बिताउने राष्ट्रसेवक हुन नसक्ने र पूर्ण राजनीतिक अधिकारसहितको टे«ड युनियन आवश्यक नरहेको स्पष्ट पार्नुभयो । मन्त्री पण्डितले केन्द्रीय बजेट आउनुभन्दा अघि सकेसम्म सबै अन्तरिम संगठन संरचना तय गरिसकिने बताउँदै खटाएका ठाउँमा कर्मचारी जानुपर्नेमा जोड दिनुभयो ।