दमक/कमल गाँउपालिकाको सानो केर्खामा अघि साँझ दूर्घटना भएको छ । दूर्घटनामा परेर एकजनाको ज्यान गएको र अर्का एक ब्याक्ति घाइते बनेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
कमल गाँउपालिकाको वडा नं. ३ को सानो केर्खामा मे ११ च ८३४८ नम्बरको बोलेरोले को २९ प ६२३१ नम्बरको स्कुटरलाइ ठक्कर दिदा स्कूटर चालक बिनोद गिरीको मृत्यु भएको जनाईएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार इटहरी उपमहानगरपालिका गिरीको मृत्यु भएको हो । झापा गोल्धापका विवेक शिवाकोटी गम्भिर घाइते बनेकाछन् ।










