काठमाडौँका विभिन्न होटलहरुमा यौन व्यवसाय सञ्चालनमा रहेका समाचार बाहिर आउँछन् । प्रहरीले बेला बेला पक्राउ गरेर आवश्यक कारवाही पनि गर्दै आएको छ ।

यस्तै मध्येको एउटा घटना कालीमाटीमा पनि भएको छ । काठमाडौं महानगरपालिका–१२ मयलबारी स्थित नाम समेत नभएको एक होटलमा प्रहरीले छापा मारेर दुई जना यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

होटल सञ्चालन गरेको नाममा वेश्यावृत्ति गराउँदै आएको सर्वसाधारणको सुचनालाई पछ्याउँदै पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । रामेछापको बाम्ती भण्डार–२ स्थायी घर भएका होटलका मेनेजर विक्रम खड्कासहित अनैतिक क्रियाकलापमा संलग्न कञ्चनपुर घर भएकी रश्मि न्यौपाने, सिन्धुलीकी सरिता कार्की, भारतीय नागरिक अंकित रेकवार र धादिङ्गका आकाश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

नाम समेत नभएको होटलको ब्यानरमा यौन अखडा सञ्चालन गर्ने मध्येका दोलाखाका प्रविन कार्की र जनक थापालाई पनि प्रहरीले पक्राउ गरेको छ । केश मिलाउन भन्दै प्रहरीलाई नै घुस दिन खोजेपछि उनीहरु पक्राउ परेका हुन् । उनीहरुले प्रहरीलाई १० हजार घुस दिन खोजेका थिए ।

क्युआरटी ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार राउतलाई केश मिलाईदिनुस भन्दै १० हजार दिन खोज्दा उनीहरुलाई दुवैलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । दैनिक नेपाल बाट