दमक/झापाको दमक वडा नं. ७ का वडाध्यक्ष एवं राप्रपा दमक नगर अध्यक्ष भीम पौड्यालको घरमा गयराती बम बिस्फोट गराएको घटनाप्रति स्थानीय पार्टीले आपत्ती जनाएको छ । आज बिहान भएको राप्रपाका अगुवा नेता कार्यकर्ताहरुको भेलाले घटनाको बिरोध गर्दै शान्तिसुरक्षाको माग गरेको छ ।
यस घटनाको शशक्त बिरोध गर्ने जनाउदै घटनामा परेर घाइतेहरुको निशुल्क उपचार र क्षतिपूर्तिका लागि माग समेत गरेको छ । पौड्याल घरमा नभएको अवस्थामा बम बिस्फोट भएको हो ।
वडाध्यक्ष पौड्याल राप्रपाको भेलामा सहभागि हुनका लागि बाहिर रहेकाछन् । हिजो बेलुका साढे ८ बजे घरको च्यानगेटमा बम बिस्फोट भएको थियो । बिस्फोटको आवाज निक्कै टाढासम्म सुनिएको बताइन्छ ।










