दमक/झापाका दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालको घरमा बम बिस्फोट भएको घटनाले दमकलाइ तरंगित बनाएको छ । घटना कस्ले र के उदेश्यले गराएको भन्ने अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
केहि दिन अघि दमक ७ हाटखोलामा नगरपालिकाले आफ्नो जग्गाको अतिक्रमण हटाउने भन्दै बल प्रयोग भएको बिषयलाइ लिएर नै यो घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको श्रोतको भनाइ छ ।
तर अहिलेसम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । राप्रपा दमक नगर अध्यक्ष समेत रहेका पौड्याल पनि पार्टीको भेलामा बाहिर रहेकाछन् ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यस घटनाको आपत्ती जनाउदै यस घटनामा संलग्नहरुलाइ नछाड्ने चेतावनी दिएको थियो ।











