सल्यान । सल्यानमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । जिल्लाको बागचौर नगरपालीका २ चिलढाले आग्रीखोलामा गएराति १ बजे भएको दुर्घटनामा परि १ जनाको मृत्युसँगै अन्य ४ जना घार्इते भएका छन् ।

सुत्केरी गराउने महिलालार्इ चिलढालेबाट थारमारेतर्फ ल्याउने क्रममा रा १ झ १३६ नम्बरको एम्बुलेन्स आग्रीखोला दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परि मृत्यु हुनमा बागचौर नगरपालीका २ चिलढालेकी सुत्केरी गराउने महिलाकी आमा ४४ बर्षीया जानकी बुढाथोकी रहेकी छिन् ।

घार्इतेहरूमा सुत्केरी महिला १९ बर्षीया कल्पना चलाउने, ४६ बर्षीया केवल बुढाथोकी, ३५ बर्षीया डम्बरी बुढाथोकी र ४० बर्षीया राम बहादुर बुढाथोकी रहेका छन् । घार्इतेहरुलार्इ उपचारको लागी जिल्ला अस्पताल सल्यान पठाइएको छ ।

एम्बुलेन्स प्राथमिक स्वास्थ केन्द्र थारमारेको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनायको छ।