नेपाल भारतसँगको सीमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १ सय ३ साना पिलरमध्ये १६ वटा गायब भएको पाइएको छ ।सीमामा १ सय ३ साना पिलरमध्ये ८७ वटा मात्र भेटिए ।

चार वटा पिलर गाडिएको स्थानसमेत फेला परेको छैन ।१२ पिलर राखिएको ठाउँ फेला परे पनि सीमास्तम्भ भने नभेटिएको र भेटिएका सबै ८७ पिलर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।उनका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोली गएर स्थलगत अवलोकन गर्दा पिलरको अवस्था यस्तो रहेको पाइएको हो ।जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने ९ जंगे पिलर भने भेटिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तीमध्ये दुई पिलर जीर्ण छन् एउटा जंगे पिलर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र सर्भे गरि फर्किएका प्रहरी हवलदार काजीमान लिम्बूले बताए ।प्रहरीको टोलीले सीमास्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थालगायत अध्ययन गरको हो । अध्ययनले तत्काल सीमास्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखिएको छ । तीन प्रकारका पिलरमध्ये जंगे र मझौलाभन्दा साना पिलरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था रहेको छ ।