दमक/नेकपा नेता गगन पुरीले पार्टी नेताहरुले केन्द्रिय सदस्य छनौटमा गम्भिर गल्ति गरिरहेको भन्दै असन्तोष प्रकट गरेकाछन् । एकता अघि माओबादी केन्द्रका केन्द्रिय सदस्य रहेका पुरीले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटस लेख्दै असन्तुष्टि पोखेकाहुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-

केन्द्रिय समिती गठन गर्ने क्रममा पार्टी केन्द्रले १ नम्बर प्रदेसबाट पुराना र क्षमतावान युबाहरुलाइ अलग्याएर गम्भीर गल्ति गर्दैछ भन्ने संकेत प्राप्त भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यदि त्यस्तै हो भने प्रदेशमा ठूलो दुर्घटना हुने ब्यहोरा समेत अबगत गराउदै अबिलम्ब उक्त कमजोरी सच्याउन अपिल पनि गरिन्छ। 

( तर स्मरण रहोस यो सन्दर्भ मैले मेरो हकमा भनेको होइन)