नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले आफु आईजिपि नियुक्ति भएको चालिस दिनमै १६ जनालाई डिआइजिपि, २२ जनालाई एसएसपि ७३ जनालाइ ईन्सपेक्टर, २६० जनालाई सई, २९८ जनालाई असई र २१९५ जनालाई प्रहरी हबल्दवार पदमा निरविवाद रूपमा पदोन्नति गरि प्रहरी कर्मचारीको वृति विकासमा महत्वपूर्ण योगदान पुर्याउन सफल हुनुभएको छ । त्यसैगरि २१ जना डि।आइजिपि, ३३ जना एसएसपि, ७९ जना एसपि, ४५ जना डिएसी र ५०३९ जना प्रहरी जवानहरुको विगत लामो समयदेखी रोकिएको सरुवा भैसकेको छ । शूस्मा राई /काठमाडौं, ८ जेठ
हुने विरुवाको चिल्लो पात भनेझै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चालिस दिनले उहाँको नेतृत्व सक्षम रहेको उदाहरण पेश गरेको छ । छोटो समयमा महत्वपूर्ण काम गर्न सफल महानिरीक्षक खनालले आफनो क्षमता पदर्शन गर्नुभएको हो । २०४६ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा प्रवेशगरि अपराध र अपराधीको बिरुद्द धावा बोली सधै जनमुखी काम गरि जनताबाट वाही वाही पाउँदै आउनुभएको छ ।
नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले आफु आईजिपि नियुक्ति भएको चालिस दिनमै १६ जनालाई डिआइजिपि, २२ जनालाई एसएसपि ७३ जनालाइ ईन्सपेक्टर, २६० जनालाई सई, २९८ जनालाई असई र २१९५ जनालाई प्रहरी हबल्दवार पदमा निरविवाद रूपमा पदोन्नति गरि प्रहरी कर्मचारीको वृति विकासमा महत्वपूर्ण योगदान पुर्याउन सफल हुनुभएको छ । त्यसैगरि २१ जना डि।आइजिपि, ३३ जना एसएसपि, ७९ जना एसपि, ४५ जना डिएसी र ५०३९ जना प्रहरी जवानहरुको विगत लामो समयदेखी रोकिएको सरुवा भैसकेको छ ।
नेपाली जनताले आशा र भरोसाको केन्द्र विन्दुमा रहेको नेपाल प्रहरी संगठनका सदस्यहरु निस्वार्थी, तटस्थ र सेवा भावले ओतप्रोत भएको, सधै जनताको सहयोगी रहनु पर्ने र अपराध र अपराधी माथि निर्मम रुपले प्रहार गर्न सक्ने व्यवसायिक प्रहरी हुनु पर्ने प्रहरी महानिरीक्षकको स्पष्ट विचार भएकोले सोहि मुताविक प्रहरी संगठनमा लामो अवधि एकै ठाउँमा रहेर अन्य प्रहरी कर्मचारीलाई शोषण गर्न उद्द्त प्रहरी कर्मचारीको पहिचान गरि त्यस्ता प्रहरी कर्मचारीलाई समेत फिल्डमा नै खटाई निश्कृय रुपमा प्रहरी प्रधान कार्यालय लगायत त्यस्तै प्रकृतिका काममा विभिन्न स्थानमा खटिएका प्रहरी कर्मचारीलाई समेत त्यस्ता ठाउँबाट हटाई सबै प्रहरी कर्मचारीलाई समान अवसर प्रदान गर्नुभएको छ ।
प्रहरी संगठनलाई अझै जनताको भरोसा योग्य एवं आशा लाग्दो बनाउने अभियान अनुरुप विगत १५ वर्षदेखि प्रहरी प्रधान कार्यालयमा रहेका १२ जना प्रहरी कर्मचारीलाई ट्राफिक महाशाखामा फिल्डमा काम गर्ने गरि काज सरुवा गरिएको छ भने अन्यको पनि पहिचान गरि संगठनलाई शुद्दिकरण अभियानमा लैजाने प्रण समेत गरेको बुझिन्छ ।
हुने बिरुवाको चिल्लोपात भने जस्तै गरेर नहुने त केहि रहेनछ यति छोटो अवधीमा यति धेरै काम गर्ने नेतृत्वले चाहेमा सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो । पूर्व आइजिपि जसरी १ वर्ष नेपाल प्रहरी संगठनमा रहि संगठनका कर्मचारीको वृति विकासमा जसरि सिन्कोसम्म नभाँचि बरु क्षमतावान एवं व्यवसायिक प्रहरी कर्मचारीलाई तेजोबोध गरि संगठनलाई एक हिसाबले छिन्न भिन्न गरि गए ।
त्यसलाई छोटो अवधीमा नै सम्हाली संगठनमा सिस्टम बसाल्न प्रयासरत जुझारु प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जसरि विगतमा वाहि वाहि पाएका थिए उनको यो छोटो अवधिमा गरेको काम कारवाहिले साच्चिकै प्रहरी संगठन सुधार हुने छनक दिएको छ ।
सुशासन र संवृद्दिको मुख्य एजेन्डा बोकेको वर्तमान सरकार र सरकारका गृहमन्त्री राम बहादुर थापाले राम्रै सारथी प्राप्त गरेकाछन जसले गर्दा सुशासनको शुरुवातको संकेत गर्दछ । कामको शुरुवात राम्रै गरि भएको देखिदैछ आशा गरौ त्यसरी नै काम कारवाही हुनेछन र साच्चिनै कामले चिनिएका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एसियाकै सर्वोत्कृष्ट प्रहरी संगठन बनाउन सक्नेछन र नेपाली जनताको साच्चिकै भरोसाको केन्द्र प्रहरी संगठन बन्नेछ । जनत टाइम्स बाट










