नेपाल कम्युनिष्ट पार्टीले १५ दिनभित्र पार्टीको विधान समायोजन गर्न नेता भीम रावलको संयोजकत्वमा एक समिति बनाउने निर्णय गरेको छ ।

पार्टी एकतापछि मंगलवार पहिलो पटक संयुक्त रुपमा बसेको नेकपा संसदीइ दलको बैठकले १५ दिनभित्र दुवै दलको विधान एउटै बनाउन समिति गठन गर्ने निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिमा देव गुरुङ खगराज अपधिकारी, कृष्ण भक्त पोखरेल, रेखा शर्मा र राम नारायण विडारी सदस्य छन् ।

संसदीय दलको बैठकले सरकारले संसदमा पेश गरेको सरकारका नीति तथा कार्यक्रमको पक्षमा खुलेर लाग्न निर्देशन दिएको छ । संसदीय दलको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रभावकारी भूमिका खेल्न सदस्यहरुलाई निर्देशन दिएका थिए ।

नेकपाले प्रतिपक्षका कुरा सुन्ने र शालिनता अपनाउने निर्णय गरेको छ । बैठकले चुनावमा जनता सामु लगिएको घोषणा पत्र कार्यान्वयन गर्ने समेत निर्णय गरेको सांसद खगराज अधिकारीले जानकारी दिए ।  लोकान्तर बाट