काठमाण्डु, ८ जेठ – गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
मंगलबार थुनछेक बहस सकिएपछि मोरङ जिल्ला अदालतले यस्तो आदेश दिएको हो । पुर्पक्षका लागि जेल चलान हुनेमा नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौला, निलम्बित एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, भुजुङ गुरुङ, डीएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायत छन् ।
फरार रहेका एसएसपी श्याम खत्रीका चालक प्रहरी जवान अमरबहादुर थापा मगर साधारण तारेखमा रिहा भएका छन् भने खत्रीकै अर्का चालक विष्णु खड्का १५ हजार धरौटी तिरेर रिहा भएका छन् । काठमाडौं टुडे बाट










