काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई नीति तथा कार्यक्रम राम्रोसँग पढ्न निर्देशन दिएका छन्।
सोमबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बुधबारदेखि छलफल सुरु हुने भएकाले राम्रोसँग पढेर तयारीका साथ संसदमा प्रस्तुत हुन नेता ओलीले निर्देशन दिएका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै सदनको संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले रचनात्मक र छुटेका विषयलाई समेत समेट्ने गरी छलफलमा भाग लिन भनेका हुन्
सांसद कृष्ण राईले भने,‘ प्रधानमन्त्री ज्यूले नीति तथा कार्यक्रमबारे राम्रोसँग पढेर मात्र संसदमा बोल्न भन्नुभयो। कतिपय विषय छुटेका छन्, त्यसलाई समेट्नुहोस् भन्नुभएको छ।’
सरकरका तर्फबाट सोमबार राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिइन्।
विधान मस्यौदा समिति गठन
नेकपाले संसदीय दलको विधान बनाउन भीम रावलको संयोजत्वमा विधानम मस्यौदा समिति गठन गरेको छ।
समितिमा सांसदहरु खगराज अधिकारी, कृष्णभक्त पोखरेल रामनारायण बिडारी, रेखा शर्मा र देव गुरुङ रहेका छन्। देश संचार बाट










