काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुन तस्करका संलग्न सबैलाई पक्राउ गर्ने बताएका छन् ।
सुन तस्करबारे छानबिन गर्नका लागि एक महिनाको समय थपिएको बताउँदै पण्डितले तस्करमा जोडिएका जोसुकैलाई कारबाही गरिने बताए ।
“कुनै रहस्य यदी छ भने पनि सबै रहस्यको पर्दाफास हुन्छ । जतिसुकै शक्तिशाली र ठूला मान्छे सुन तस्करमा संलग्न भए पनि जेल जान्छन् ।” पण्डितले भने । “कोही पनि राजनीतिकर्मीहरुको नाम आयो भने पनि छुट पाउने स्थिती हुँदैन । प्रमाणको आधारमा छानबिन हुन्छ ।”
छानबिन समितिको प्रतिवेदनले जोकोहीको संलग्नता पुष्टी गरे पनि सरकारले कानुनअनुसार कारबाही गर्ने पण्डितले बताए ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम देश र जनताको हितमा रहेको दाबी गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम संशोधन गर्नुपर्छ भन्नु धर्म मात्रै भएको उनले बताए ।










