रक्षामन्त्री ईश्‍वर पोखरलेलले ३० लाख ऋण रहेको उल्लेख गरेका छन्। उनले १२ कठ्ठा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् भने श्रीमती मीरा पोखरेलको नाममा विभिन्न ठाउँमा पाँच रोपनी जग्गा रहेको उल्लेख गरिएको छ। त्यस्तै, श्रीमतीको नाममा १५ हजार २०० कित्ता शेयर रहेको उल्लेख गरिएको छ। नौ तोला सुन र २५ तोला चाँदी रहेकोमा टोखामा रहेको तीन तले घर ऋणमा रहेको उल्लेख गरिएको छ।