विष्णुप्रसाद पोखरेल दमक/उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ किलो सुन प्रकरणको बिषयमा चर्चित बनेका उर्लाबारीका चुणामणि उप्रेती गोरे पक्राउ परेसंगै उनले अब यसमा ठूला तथा राजनीतिक ब्याक्तिहरुको संलग्नताको रहस्य खुल्ने बताइदै आइएको छ ।
स्वयं उप्रेतीले प्रारम्भिक बयानमा र उनले नाट्कीय रुप्पमा बाहिर ल्याएको एउटा भिडियो रेकर्डमा पनि शाक्यको हत्या आफूले नगरेको दाबी गरेकाछन् । सनम आफ्नो नजिकको साथी रहेको र यातना दिएको स्वीकार गर्दै हत्या अरुले नै गरेको बताइसकेकाछन् ।
उनले सुनमा समेत आफ्नो लगानीको हैसियत नभएको भन्दै आफूसंग आवश्यक सपूतप्रमाण रहेको बताएसंगै यो बिषयले पुरै नेपाल तरंगीत बनेको छ । उनले फरार रहेका एसपि श्याम खत्री पक्राउ परेपछि सबै रहस्य खुल्ने दाबी समेत गरेको अवस्था छ ।
उनलाइ अदालतमा बयान गराउन उपस्थित गराउने क्रममा फेरी अर्को बिषय चर्चामा रहेको छ । गोरेले आफू असुरक्षित रहेको बताएकाछन् । हिरासतमा नै आफू असुरक्षित भएको भन्दै मानव अधिकारबादीको निगरानीमा राख्न माग गरेपछि यसभित्र अझ ठूलो रहस्य भएको अनुमान गर्न थालिएको छ ।
गोरेले आफू हिरासतमा समेत असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेपछि अदालतले आवश्यक सुरक्षा मिलाउन सरोकारवालाहरु निर्देशन दिएको जनाइन्छ । अदालतमा गोरेले गरेको मागको बिषयमा उदृत गर्दै श्रोतले भन्यो, गोरे धेरै डराएकाछन् र आफ्नो हत्या गर्ने योजना बनिरहेको बताइरहेकाछन् ।
गोरे अगाडि नै सार्वजनिक हुन चाहान्थे
आफूमाथि सबै आरोप लागेपछि गोरे धेरै आक्रोशित र रुष्ट रहेका थिए । उनले बीचमा मानव अधिकारबादीसंग सम्पर्कको समेत प्रयास गरेको पाईएको छ ।
आफूलाइ प्रहरीले तथा सुन तस्करीको जालोमा रहेकाहरुले नै सिध्याउन सक्ने भएमा रहेका कारण उनि भारतमा लुकेर बसेको श्रोत बताउछ ।
उनि आफू सुरक्षित भएर आत्मसमर्पण गर्न चाहान्थे । त्यो उनले परिवारका निकट सदस्यहरु मार्फत पहलका लागि आग्रह पनि गरेको सार्वजनिक भइसकेको छ ।
मानव अधिकारबादी नेडा डा. केपी सुवेदीका अनुसार केहि समय अघि गोरेका केहि आफन्तले जीबन रक्षाका लागि पहल गरिदिन आग्रह गरेको थियो । आफूले समेत त्यसमा पहल गर्ने बताएपनि त्यसपछि कुनै पनि सम्पर्क हुन सकेको थिएन ।










