काठमाडौं। देशभर अहिले ३३ किलो सुनसँगै जोडिएर ३८ क्विन्टल सुनको चर्चा भइरहँदा मन्त्रीहरुको सम्पति विवरणमा सार्वजनिक भएको सुनको चर्चा पनि शुरु भएको छ। मन्त्रीहरुसँग भएको सुनको आधारमा को मन्त्री कति वढी सुनको सौखिन छन् भन्ने पनि विवरणले देखाएको छ। सुनको आधारमा को मन्त्री धनी रहेछ भन्ने पनि अहिले चर्चाको विषय भएको छ।

मन्त्रीहरुले सार्वजनिक गरेको सम्पति विवरणमा उल्लेख भएको सुनको विवरणमा पर्यटन मन्त्री रविन्द्र अधिकारी भौतिक योजना मन्त्री रघुविर महासेठ भन्दा पनि धनी छन्। रविन्द्रसँग ६० तोला सुन रहँदा रघुविरसँग ८ तोला कम अर्थात ५२ तोला रहेको छ। जगत बहादुर सुनार विश्वकर्मासँग ५० तोला रहेको छ। सरकारका शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसँग एक तोला पनि सुन छैन। कस्को कति छ सुन जान्नको लागि तल हेरौः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ रविन्द्र अधिकारी ६० तोला, २ रघुवीर महासेठ ५२ तोला ३ जगतबहादुर सुनार विश्वकर्मा ५० तोला ४ शेरबहादुर तामाङ ३० तोला

५ केपी ओली १८ तोला सुन ६ मातृका यादव ६ तोला सिक्रि, १० तोला गहना ७ पद्मा कुमारी अर्याल १५ तोला ८ बर्षमान पुन १५ तोला सुन , ९ युवराज खतिवडा १० तोला १० लालबाबु पण्डित सुन १० तोला, ११ इश्वर पोखरेल ९ तोला, १२ गोकर्ण विष्ट ७ तोला सुन, १३ रामबहादुर थापा बादल ६ तोला १४ चक्रपाणि खनाल ६ तोला १५ शक्तिबहादुर बस्नेतस् ५ तोला १६ बीना मगर ५ तोला १७प्रदीपकुमार ज्ञवाली २ तोला १८ थममाया थापा १ तोला १९ गिरिराजमणी पोखरेल छैन ।

-हाम्रा कुरा बाट