काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दै गर्दा केहि परिवारमा भने खुसीयाली नै छाएको छ । पार्टी एकिकरणले १७ जोडीलाई चिठठा परेको छ । १७ ‘लालजोडी’ एकीकृत पार्टीको केन्द्रीय सदस्य भएका छन् । नेकपाको केन्द्रीय कमिटीमा चाहिँ केही परिवारमा ‘बम्पर’ उपहार नै परेको छ । कहि एउटै परिवारबाट धेरै सदस्य परेका छन् नै त्यसमा पनि १७ ‘लालजोडी’ भने एकीकृत पार्टीको केन्द्रीय सदस्य भएका छन् । तत्कालिन एमालेबाट ४ ‘लालजोडी’ पर्दा माओवादी केन्द्रबाट १३ ‘लालजोडी’ को नाम केन्द्रीय कमिटीमा परेको छ ।

एमालेबाट परेका चार ‘लालजोडी’मा कृष्णगोपाल श्रेष्ठ– बीना श्रेष्ठ, शंकर पोखरेल– सुजिता शाक्य, रघुवीर महासेठ–जुली महतो, अमृतकुमार बोहोरा–अष्टलक्ष्मी शाक्य छन् । पार्टी एकिकरणले नेकपाको नेतृत्व रहेको ६ प्रदेशका मुख्यमन्त्री पनि केन्द्रीय सदस्य बने । त्यस्तै अर्का लालजोडी हुन्, शंकर पोख्रेल । पूर्व एमाले स्थायी समिति सदस्य तथा ५ नं प्रदेशका मुख्य मन्त्री हुन् पोखरेल । उनकी श्रीमति सुजिता शाक्य संघीय सांसद सदस्य छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमै परेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रघुवीर महासेठ भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हुन् । उनकी श्रीमति जुली महतो पनि संघीय सांसद छन् । यो जोडी पनि नेकपाको केन्द्रीय सदस्यमा परेको छ । यस्तै अमृतकुमार बोहोरा र अष्टलक्ष्मी शाक्य पनि नेकपाको केन्द्रीय सदस्यमा पर्ने भाग्यमानी जोडीमा परेका छन् । एकिकरणले तत्कालिन माआवादीका १३ ‘लालजोडी’ केन्द्रीय सदस्य बनेका छन् । वर्षमान पुन–ओनसरी घर्ती, शक्ति बस्नेत– सत्या पहाडी, देव गुरुङ–यशोदा शर्मा, कृष्णध्वज खड्का–रेखा शर्मा, देवेन्द्र पौडेल–वलावती शर्मा, विश्वनाथ साह–सीता पोखरेल, गणेशमान पुन– कमला रोका, हितमान शाक्य–अमृता थापामगर, कुलवहादुर केसी– तारा घर्ती, लिलामणी पोखरेल–शशी श्रेष्ठ, सुर्यकुमार सुवेदी–ज्ञानु बस्नेत, डीआर पौडेल–गंगा बेल्वासे, दावा लामा–कुमारी मोक्ताङ तत्कालीन माओवादीबाट १३ ‘लालजोडी’ केन्द्रीय कमिटीमा परेका छन् ।

कुलवहादुर केसी र तारा घर्ती, लिलामणी पोखरेल र शशी श्रेष्ठ, सुर्यकुमार सुवेदी र ज्ञानु बस्नेत, डीआर पौडेल र गंगा बेल्वासे तथा दावा लामा र कुमारी मोक्ताङ पनि केन्द्रीय सदस्य हुने ‘लालजोडी’ हुन् । जसमा हाल उर्जामन्त्री रहेका वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती नेकपाको केन्द्रीय सदस्यमा अटाएका छन् । पूर्वसभामुख घर्ती हाल संघीय सांसद छन् ।

त्यस्तै हाल वन मन्त्री रहेका शक्तिबहादुर बस्नेत र उनको श्रीमती सत्या पहाडी केन्द्रीय कमिटीमा छन् । पहाडी पनि हाल सांसद छिन् । त्यस्तै कृष्णधोज खड्का र उनको श्रीमती रेखा शर्मा पनि रहेका छन् । तत्कालीन माओवादीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र उनको श्रीमती बलावती शर्मा नेकपाको केन्द्रीय कमिटीमा पर्न सफल भएका छन् । पौडेल बाग्लुङ–२ बाट संघीय संसदका सदस्य छन् । त्यस्तै तत्कालीन माओवादी प्रदेश नंम्बर २ का ईन्र्चाज विश्वनाथ साह र उनको श्रीमती सीता पोख्रेल नेकपाको केन्द्रीय कमिटीमा परेकी छिन् ।

त्यस्तै पूर्वमन्त्री गणेशमान पुन र उनकी श्रीमति कमला रोका पनि केन्द्रीय सदस्य भएका छन् । हितमान शाक्य र अमृता थापामगर पनि नेकपाको केन्द्रीय सदस्य हुने ‘लालजोडी’मा परेका छन् ।

त्यस्तै तत्कालिन माओवादीबाटै नेता देव गुरुङ र श्रीमती यशोदा शर्मा पनि केन्द्रीय कमिटीमा अटेका छन् । यो जोडी सांसद सदस्य पनि हुन् ।

छलफल ड्ट कम बाट साभार