पुस । हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले मुलुकको सर्वोच्च पदमा कलाकारिता क्षेत्रको पहुँच नहुँदा यस क्षेत्रको सोचेअनुरुप विकास नभएको बताएकी छन् ।

साथै उनले कलाकारिता क्षेत्रमा कलाकारहरु प्रवेश गरेर नेतृत्व लिनुपर्ने भन्दै अब राजनीतिक नायिका ‘हिम्मतवाली’बनेर देखाउने बताइन् ।

जागरण अनलाइन, पहिलोपेज अनलाइन र चलचित्र पत्रकार संघ दाङले शनिवार घोराहीमा गरेको पत्रकार भेटघाटमा वोल्दै नायिका थापाले कलाकारहरुको नीति निर्माण तहमा पहुँच नपुगेकै कारण राजनीतिमा प्रवेश गरेको बताएकी हुन् ।

उनले कमल थापाले नेतृत्व गर्नु भएको राप्रपाले हिन्दु धर्मको एजेण्डा उठाएकाले त्यसबाट प्रभावित भएर त्यस पार्टि आफ्नो रोजाइमा परेको स्पष्ट पार्दै मुलुकको सही नेतृत्व र बैकल्पिक शक्तिका रुपमा राप्रपा उदय हुने दावि समेत गरिन् ।

‘हामी कलाकारको नीतिनिर्माण तहमा खासै पहुँच छैन, यहि देखेर नै राजनीतिमा आएकी हुँ’, उनले भनिन्– ‘सबैको साथ, सहयोग, समर्थन पाएमा फिल्ममा हिम्मतवाली बनेझै यस क्षेत्रको नायिका बनेर देखाउने छु ।’

बैवाहिक जीवनबारे सोधिएको फरक प्रसंगमा नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताइन् । नायिका थापाले अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने जानकारी दिइन् ।

राजनीतिक भेटघाटलार्र्इ महत्व दिएर दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी नेतृ थापाले राजनीतिक भेटघाट गर्नुका साथै राप्रपा दाङ र उसको युवा विद्यार्थी संगठनले गरेको स्वागत तथा सम्मान कार्यक्रममा सरिक भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah