काठमाडौं- पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी भट्टराईको काम देखि सन्तुष्ट थिएनन्। सय दिनमा गर्ने कामको सूची सार्वजनिक गरेका दिन अधिकारीले लक्ष्य अनुसार काम गर्ने कर्मचारीको सरुवा नगर्ने बताएका थिए। शुक्रबार अधिकारीको सय दिन सक्किँदै छ।

यस्तै यातायात मन्त्री रघुवीर महासेठसँग परेको टसलका कारण मन्त्रालय तानिएका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिन्डिकेट हटाउन नेतृत्व लिएका भट्टराईलाई मन्त्रालय तानेको भन्दै महासेठको आलोचना भएको थियो।

सरकारले बुधबार एकैसाथ २८ सह-सचिवको सरुवा तथा पदस्थापन गरेको छ। आन्तरिक प्रतियोगिताबाट बढुवा भएका १२ सहसचिवलाई पदस्थापन गर्दा १६ सहसचिवलाई बिभिन्न ठाँउमा सरुवा गरिएको छ।