काठमाडौं । गृह मन्त्रालयले आउँदो गणतन्त्र दिवसका दिन तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलसहित ८ सय ५० जनालाई कैद माफी गरी जेलमुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले जघन्य अपराधमा कैदी जीवन ब्यथित गरिरहेका ढुंगेललाई माफी दिने तयारी गैरकानुनी भएको रिटमा दाबी गरिएको छ । सरकारलाई विपक्षी बनाइएको मुद्दामा भोलि पेशी हुनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ढुंगेल गम्भीर किसिमको अपराधमा संलग्न भएकाले कैद माफी दिन नमिल्ने भन्दै कतिपयले विरोध गर्दै आएका छन् । डिल्लिबजार कारागारमा रहेका ढुंगेल गत कात्तिक १४ गते पक्राउ परेका थिए भने २० वर्ष कैद सजाय सुनाइएको थियो ।