३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरेको बयान लिने काम भइरहेको छ ।

जिल्ला अदालत मोरङमा बुधबारदेखि बयान जारी रहेको छ । शुक्रबार विहानसम्म बयान लिएपछि थुनछेक बहस हुनेछ । मृतक शाक्यकी पत्नी सुनिता लावतीको किटानी जाहेरीका आधारमा यस मुद्दामा जोडिएका ६५ जनाविरुद्ध अभियोगपत्र दर्ता थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२८ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ भने गोरेको बहस बाँकी छ । अन्य फरार सूचीमा रहेका छन् ।

यसैबीच, मृतक शाक्यका परिवारले गोरेलगायतलाई जन्मकैद हुनुपर्ने बताएका छन् । आमा कल्पना शाक्यले छोरा मरेर गए पनि गोरे पक्राउ परेपछि आत्माले शान्ति पाएको बताइन् । उनले हत्यामा जोडिएका गोरेलगायतलाई जन्मकैदको माग गरिन् ।

मृतक शाक्यका काकाले भने क्षतिपूर्ति दिनुपर्ने दाबी गरेका छन् । गोरेको रोक्का गरिएको सम्पत्तिबाट भए पनि क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

गोरेले यस काण्डमा मुछिएका सबैको नाम बताएर अपराधी उम्कन नदियोस् भन्ने उनको चाहना छ ।

https://youtu.be/DpMqLsCt1yA