काठमाडौं– बैशाख महिनामा काठमाडौंमा उत्कृष्ट काम गर्नेमा महानगरीय प्रहरी वृत्त गौशाला र कालिमाटी छनोट भएका छन्। गौशालाका डिएसपी अनुपम श्रेष्ठ तथा कालिमाटीका प्रदीप क्षत्रीलाई काठमाडौं परिसरले ५० हजार रुपैयाँको उत्कृष्ट पुरस्कार दिने निर्णय गरेको छ।

परिसरले प्रहरीलाई राम्रो काममा प्रोत्साहन गर्न बैशाखदेखि जवानदेखि डिएसपीसम्म उत्कृष्ट प्रहरी पुरस्कार स्थापना गरेको हो। काठमाडौंमा कार्यरत ६ डिएसपीले सो पुरस्कार दाबी गरेका थिए। जसमध्ये गौशाला र कालिमाटी उत्कृष्ट भएका छन्। दुवै वृत्तले आफ्नो क्षेत्रमा भएका अपराधको अनुसन्धानमा राम्रो काम गरेका थिए। दुवैले २५/२५ हजार पुरस्कार दिइने भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै उत्कृष्ट इन्सपेक्टरको पुरस्कार पनि दुई इन्सपेक्टरलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो। बलम्बु प्रभागकी शर्मिला गुरुङ र नगर प्रहरीका इन्सपेक्टर उत्कृष्ट इन्सपेक्टरको पुरस्कार दिन लागिएको स्रोत बताउँछ। एसपी रामदत्त जोशी नेतृत्वको पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो। त्यस्तै सइ, असइ, हवल्दार र जवानको पुरस्कारका लागि पनि छनोट भइसकेको छ। परिसरले नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सो पुरस्कार स्थापना गरेको हो।

जवानलाई १०, हवल्दारलाई १५, असईलाई २०, सईलाई २५, इन्सपेक्टरलाई ३५ र डिएसपीलाई ५० हजार रुपैयाँ राशीको पुरस्कार परिसरले पुरस्कारको स्थापना गरेको हो।