साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा फरारको नाममा उपस्थितिका लागि म्याद जारी गर्न लागिएको छ । फरार रहेका ३२ जनाको नाममा ७० दिनको म्याद जारी गर्ने तयारी गरिएको जिल्ला अदालत मोरङका निमित्त श्रेस्तेदार केदारप्रसाद गौतमले बताउनुभयो ।

घटनामा प्रतिवादी बनाइएका ६३ मध्ये ३२ जना अझै फरार रहेका छन् । ३१ जना पक्राउ परेका छन् । पक्राउमध्ये २८ जना पुर्पक्षका लागि अहिले झुम्का कारागारमा छन् । मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसँग न्यायाधीश शर्माकै रोहबरमा बयान लिने काम भइरहेको छ । त्यही आदेशलाई आधार बनाएर अदालतले फरार रहेका बहालवाला नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीसहित ३२ जनाकै हकमा म्याद जारी गर्ने तयारी गरेको हो । नेपाल समाचारपत्रबाट