पार्थ मण्डल) झापा । तपाई विवाहीत पुरुष हुनुहुन्छ र बैदेशिक रोजगारीको सिलसिलामा विदेश जादै हुनुहुन्छ । विदेश जादै हुनुहन्छ भने, बेलैमा श्रीमती माथि निगरानी बढाउनु होला ! नत्र परपुरुषसंग लागी श्रीमतीले धोका दिए तपाईलाई जिवनभर पछताउनु पर्ने हुन्छ । हो, यही घटनाबाट पीडित बनेका छन्, झापा भद्रपुर नगरपालिका २ निवासी सुमन कटुवाल । कटुवालका श्रीमती ६ बर्षीय छोरा रुपकलाई लिएर अहिले वेपत्ता भएकी छिन् । वैदेशिक रोजगारीबाट दिनरात श्रम गरेर कमाएर पठाएका धन सम्पत्ती लिएर श्रीमती विनिता कटुवाल (रेग्मी) र छोरा वेपत्ता भएपछि कटुवाल अहिले प्रहरी समक्ष हारगुहार गरिरहेका छन् । लाखौ नगद र गरगहना लिए २७ बर्षीया श्रीमती छिमेकी राम लिम्बुसंग (पोइला) भागेको श्रीमान् कटुवालको आरोप छ ।
उनले जानकारी गराएको घटना विवरण अनुसार २१ महिना लागि बैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । म विदेश गएपछि गत ०७४ फागुन २३ गते श्रीमती विनिता हराएको छिमेकीले मलाई जानकारी गराएको थियो । हराएको ३ दिनपछि श्रीमतीलाई बिर्तामोडस्थित आफन्तको घरबाट फेला पारी सीमा प्रहरी चौकी पृथ्वीनगरको रोहवरमा फागुन २६ गते माइती पक्षका विष्णुप्रसाद रेग्मीलाई जिम्मा लगाइएको थियो । म विदेशबाट नफर्किन्जेलसम्म श्रीमतीलाई निगरानीमा राख्नु भनि माइती पक्षलाई जानकारी गराएपछि उनलाई ठुलोआमा तुलमाया श्रेष्ठको घरमा राखेकी थिइन् । म साउदीबाट गत चैत्र ३ गते घर आइ पुगेको थिए । घर आएकै दिन छिमेकी लिम्बुसंग श्रीमती र छोरा भागेको उनले बताए ।
साना किसान सहकारीमा सासुआमा याममाया काफ्ले कटुवालको नाममा रहेको खाताबाट श्रीमतीले सहीछापा मिलाएर १ लाख ७० हजार रुपैया, सोही सहकारीमा छोरा रुपकको खाताबाट ८२ हजार रुपैया, विदेशवाट पठाएको ९ लाख रकम मध्ये खर्च गरेर बाँकी रहेको साढे २ लाख र ७ तोला सुन लिएर भागेको उनले दाबी गरेका छन् । यता घटनापछि उनले चैत्र १३ गते जिल्ला प्रहरी कार्यालय झापामा श्रीमती विनिताको हुलियासहितको फोटा र घट्ना बिवरण सहित क्षतिपुर्तिको माग राख्दै जाहेरी दिएका छन् । साथै वडा प्रहरी कार्यालय भद्रपुर, सीमा प्रहरी चौकी पृथीवीनगर, माइती नेपाल काँकडभिट्टालाई समेत उनले बोद्धार्थ दिएको पत्रमा उल्लेख छ । छिमेकी लिम्बुको आफन्त ताप्लेजुङ्ग जिल्लामा बसोबास गर्दै आएका उनीहरु उतै गएको हुनसक्ने उनले आशंका गरेका छन् । ‘मलाई मेरो छोरा र सम्पत्ती भए पुग्छ, उनले भने, ‘श्रीमती र छिमेकी लिम्बुलाई केही गर्दैनौ, उनीहरु आफूखुशी बसुन ।’
२१ महिनाको वैदेशिक रोजोगारीपछि घर फर्कदा घरमा न त श्रीमती न त छोरो कसैलाई भेट्न नपाएको उनले आफ्नो पीडा सुनाए । ‘श्रीमतीलाई बुढा बाबुआमालाई रेखदेखको जिम्मेवारी दिएर आफू विदेश जाँदा घरपरिवारमा यस्तो वज्रपात आउँछ भनि मैले कल्पना समेत गरेको थिइन, उनले भने । “९ वर्षअघि जीवनभर सँगै बाँच्ने अग्नीलाई साक्षी राखेर कसम खाएर विवाह बन्धनमा बाधिएका थिए, ‘तर’ त्यो कसम पूरा भएन, उल्टै आफू एक्लो परे, उनले भने ।”टाईम्स अफ प्रदेश बाट










