साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान लिनेक्रम शुक्रबार पनि सकिएन ।

मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको विषयमा पनि गोरेसँग सोधपुछ गरिएको जनाइएको इमेजखबर उल्लेख गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोरेको बयानबाट धेरै महत्वपूर्ण सूचना आएको अदालत स्रोतले जनाएको छ । बयानमा उनले केही ठूला व्यक्तिको नामसमेत खोलेको बताइएको छ । तर, ती नामहरु खुलाउन बयान लिने अधिकारीहरुले अस्वीकार गरेका छन् ।

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी–पैठारीको मुद्दा लगाइएको छ । उनको बयान आईतबार पनि जारी रहनेछ । यसअघि, मंगलबार सुन तस्करीकान्डमा मुछिएका उच्च प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरलाइन्सका कर्मचारी र प्रहरीसँग ‘सेटिङ’ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ । गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत लागेको छ ।