काठमाडौं। सरकारद्धार प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् ।

बिहीबारको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो ।

ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात सुविधाबापत १ /१ हजार गरी दुई हजार रुपैयाँ पाउँछन् ।