सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ९ स्थित ईन्दिरा सुगर मिल द्वारा संचालित डिष्टलरीलाई पुर्णरुपले बन्द गर्न माग गर्दै स्थानिय द्वारा ताला बन्दी गरिएको छ ।
बिगतको समय देखी स्थानियहरुले डिष्टिलरीको बिरोध तथा अन्दोलन गर्दै आएपछि करिब १ बर्ष देखी बन्द रहेको उधोग फेरी संचालनमा आउन थालेपछि स्थानियहरुले बिरोध गरेका छन ।
डिष्टिलरीबाट निष्केको धुलो,धुवा,र दुषित पानी बाट स्थानियहरुको बाली नाली,वातावरण, स्वास्थ्यमा प्रत्यक्ष प्रदुषणको असर पर्ने स्थानिय युवराज मौर्याले जानकारी दिनु भयो ।
२०७३ साल भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमा मिल र प्रदुषण पिडित संघर्ष समिति बिच ३ बुदे सहमति अनुरुप प्रबिधिक टोली, स्थानिय प्रहरी,उधोग,र स्थानियहरुको सहभागितामा प्रदुषण नाप जाँच गर्ने, जिल्ला कृषि विकासको सहभागितामा क्षतिको लगत संकलन गर्ने, र उधोग पक्षले पुर्ण रुपमा कागज पत्र पेश गर्ने सहमति भएपनि नतिजा अहिले सम्म अन्योलमा परेको छ । प्रदुषण रहित डिष्टलरी संचालन गर्ने उधोग पक्षले दाबी गरेको छ ।










