- के बि महरा चर्चित रियालिटी -शो नेपाल आईडलको प्रथम सिजनमा आफ्नो उत्कृष्ट स्थान बनाउन सफल गायक निशान भट्टराईले आफ्नो नयाँ म्युजिक भिडियो 'भुण्टि' सार्वजनिक गरेका छन्। पछिल्लो समय निशानले आफ्नो जादुमय स्वरका कारण थुप्रै दर्शक श्रोताहरुको मन जित्न सफल भएका थिए ।देश- देखि बिदेस सम्मका विभिन्न स्टेज कार्यक्रम हरुमा निकै रुचाईएका निशानले आफ्ना फ्यानहरुका लागि स्पेशल रुपमै म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन्। उक्त म्युजिक भिडियोमा निशान स्वयं भुण्टेका रुपमा देखापरेका छन् भने पछिल्लो समय अत्यधिक चर्चित नायिका तथा मोडेल एलिसा राई उनी संङ्गै देखिएकी छिन्। लोक-पप शैली तथा मिस्टर आरजेको उत्कृष्ट सङ्गीत एवं निशान स्वयंको जादुमयी स्वर तथा नृत्यले थुप्रैको मन जित्ने बिस्वास गरिएको छ। उक्त म्युजिक भिडियोमा संङ्गितकार राजेन्द्र भट्ट " आरजे" ले लेखन तथा संङ्गित भरेका छन्। यश भिडियोको लेखन तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् भने छायांकनमा रामकुमार के सि र भिडियोको निर्माण मनोज बस्नेतले गरेका छन्।
उक्त भिडियोको बारेमा निशान भट्टराईका ईभेन्ट म्यानेजर समेत रहेका डेभिड नेपालले सवालनेपाल लाई जानकारि गराएका हुन्।
म्युजिक भिडियो हेर्नका लागि तलको युट्युब च्यानलको लिंकमा जानुहोस्।
https://youtu.be/_-hRovJleY8









