रौतहट– पूर्वराजा ज्ञानेन्द्र शाहले रौतहटस्थित शक्तीपिठमा पुुजाअर्चना गरेका छन् । उनले जिल्लाको ऐतिहासिक धार्मिक मत्सरीमा रहेको प्रसिद्ध दुर्गा मन्दिरमा शुक्रबार दिउँसो पुजापाठ गरेका हुन् । पुजापाठ गरे लगत्तै पूर्वराजा शाह नागरिकबाट अभिनन्दित भएका छन् ।

दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ३ मत्सरीमा रहेको दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ शाहले पुजा गरेका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह पुजा गर्न आउने जानकारी पाउन साथ ठूलो संख्यामा महिला तथा पुरुषहरुको उल्लेख संख्यामा उपस्थिति थिए । कार्यक्रममा रौतहट, सर्लाही र भारतबाट समेत सर्वसाधारणको बाक्लो भीड लागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

करिब २५ मिनेटसम्म गरिएको पुजामा ५ जना पण्डितद्धारा बैदिक एवम् तान्त्रिक मन्त्रोउच्चारण गरिएको थियो । उनका समर्थनमा राजावादीहरुले विभिन्न नारा लगाएका थिए ।

नागरिक अभिनन्दन पश्चात उनले ठूलो संख्यामा स्थानीयबासीको उपस्थिति देख्दा आफूलाई खुशी लागेको बताए । पूर्व राजाको स्वागतमा दुर्गा मन्दिर पुजा व्यवस्थापन समितिले पञ्च कन्याद्धारा स्वागत गरेको थियो ।