सुन तस्करी र भरिया सनम शाक्य हत्याको अभियोगका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको बयान अदालतमा आजपनी सकिएको छैन

यस प्रकरणमा नयाँ तथ्यहरू फेला पर्न थालेका छन् भने संलग्नताका पात्रहरू पनि फेला पर्न थालेका छन् । यसको गहन अनुसन्धान गरिरहेको गृह मन्त्रालयको विशेष छानबिन टोलीले पत्तो लगाएको सुन आउने बाटो र तरिका बडो रोचक छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विमानमा यात्रुको सुविधाका लागि हुने ट्वाइलेटले मलमुत्रमात्र होइन, करोडौं मुल्य बराबरको सुन नै क्यारिङ गरिरहेको हुन्थ्यो । गायब भएको साढे ३३ किलो सुन पनि त्यसरी नै आएको बयानका क्रममा बुझिएको टोलीका संयोजक इश्वरराज पौडेलले बताइसकेका छन् ।

‘यो मास्टरमाइन्ड तस्करी थियो । असामान्य दिमागले गरिएको तस्करी । विदेशी कर्मचारीलाई पत्तो नपाई नेपालीले मात्र सुन काठमाडौं उतार्ने रहेछन्’, उनले भनेका छन्,‘ट्वाइलेटदेखि भर्याङ राख्नेसम्मका कथा रोचक छन् ।

‘नेपालमा तस्करहरूले कसरी थाई एयरलाइन्सलाई माध्यम बनाएर सुन तस्करी गरे भन्ने अनौठो छ । थाई एयरलाइन्सलाई भर्याङ बनाएर अद्भूत तरिकाले सुन तस्करी गरिएको थियो’, उनले भने,‘विदेशी कर्मचारी र एयरलाइन्ससँग पनि हामी बसेर कुरा गरेका छौं । उनीहरू यस्तो विषयमा अनभिज्ञ छन् ।’

एयरलाइन्सको शौचालयबाट भर्याङमा सुन छिराउने बुद्धि, त्यो भर्याङलाई मेकानिकलसम्म लिएर आउने, मोडिफिकेसन गर्ने । यो हेर्दा तस्करीमा मास्टरमाइन्ड लगाएको पाइएको पौडेलले बताए ।

छानबिन समितिले तस्करीको यो आइडियाको अडियो र भिडियो प्रमाण नै राखेको छ । जसलाई अभियोगपत्रसँगै अदालतमा बुझाइयो । दैनिकनेपाल बाट