- के बि महरा,काठ्माण्डौ

नेपाल सरकारले मलेसिया जाने नेपाली कामदार हरुलाई तत्काल सबै प्रक्रीया बन्द गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिसा प्रक्रीयाका नाममा विभिन्न शिर्षकहरुमा मलेसियाले गैह्र कानुनी ढंङ्गले रकम असुलेको भन्दै सरकारले उसको नितिमा सुधार नभए सम्मका लागि तत्काल नेपाली कामदार लैजानमा रोक लगाएको हो।

नेपाली कामदार माथी भारपार्ने निति तथा कार्यक्रमहरु नसच्याए सम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जानकारी दिए।

मलेसियाली कम्पनिहरुले मनोमानी रुपमा श्रमिक छनोट गर्ने प्रक्रीयामा समेत सरकारले रोक लगाएको छ ।

शुक्रबार राजधानिमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बिष्टले भने" वर्तमान सरकारले रेमिटेन्स भन्दापनी देश बिकाशका लागि युवा शक्ति अपरिहार्य भएकोले सरकार हरसम्भव स्वदेशमै रोजगारी सृजना गर्न तर्फ उन्मुख रहेको छ।"

अब बैदेशिक रोजगारमा जाने युवाहरुलाई नेपाल सरकारले ,श्रमिकको तलब निर्धारण गरेमात्र श्रम स्वीकृति जारी गर्ने तयारी भैरहेको समेत मन्त्री बिष्टले जनाएका छन्।