दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र एकता पछि गठित नेपाल कम्युनिस्ट पार्टीका विरुद्ध निर्वाचन आयोगमा अर्को नेकपाले उजुरी दिएको छ।

ऋषिराम कट्टेलले अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । पार्टी अध्यक्ष कट्टेलले आफ्नो नेतृत्वको पार्टीको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न लागिएको भन्दै आयोगमा पुगेर उजुरी दर्ता गराएका हुन् । नेपाल कम्युनिस्ट पार्टी संविधानको धारा २६९ अनुसार पहिला नै दर्ता भएको उनको दाबी छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा नमको पार्टी निर्वाचन आयोगमा पहिला नै दर्ता भइसकेको हुनाले सोही नामको नयाँ पार्टी आयोगमा दर्तागर्न खोज्नु असंवैधानिक र गैरकानुनी काम भएको भन्दै कट्टेलले नवगठित नेकपालार्इ कानुनी कार्वाही गर्न माग गरेका छन् । कट्टेल अध्यक्ष रुहेको नेकपा विसं २०७४ साल भदौमा निर्वाचन आयोगमा दर्ता छ ।