मोरङ । सुन तस्करीका नाईके भनिएका मोरङको उर्लाबारीका चुडामणी उप्रेती (गोरे) बाट चुनावमा चन्दा लिएको खुलासा भएपछि साँसद घनश्याम खतिवडाले त्यसको खण्डन गरेका छन ।
बिभिन्न सञ्चारमाध्यायममा मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडालाई लाखौ चुनाव खर्च गोरेले दिएको समाचार प्रकाशित भएपछिसाँसद घनश्याम खतिवडाले त्यसको खण्डन गरेका हुन । सांसद खतिवडाले भने को हो गोरे म चिन्दिँन पनि जान्दिँन, पनि । अहिले सुन तस्कर हो भनेर समाचार आएपछि मात्र चिनेको हुँ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खतिवडाले आफ्नो ईमान र निष्ठाको राजनितीक करियरमाथि आँच पुर्याउने षडयन्त्र भएको बताएका छन । गोरेको सहयोगी प्रक्राउ परेपछि खतिवडाको नाम समेत चर्चामा आएको थियो । पुर्बेली न्युज बाट साभार










