इटहरी । नेपाली कांग्रेसकाे भातृ संगठन तरूण दल सुनसरीका बिवादित नेता सिजन गुरूङ पक्राउ परेका छन । उनलार्इ इलाका प्रहरी कार्यालय इटहरीकाे टाेलिले गुण्डागर्दीकाे अाराेपमा पक्राउ गरेकाे जनाएकाे छ ।
हालै इटहरीमा अाएका नयाँ डिएसपी शिवकुमार श्रेष्ठले बताए अनुसार नेता गुरूङमाथी एक महिलाले जग्गा मिचेकाे र त्यहा बनेकाे घरकाे भाडा समेत उठाएर लाने गरेकाे अाराेप लगाउदै उजुरी दिएपछि उनलार्इ पक्राउ गरीएकाे हाे ।
इटहरी २० तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गामा बनाएको घर र त्यसवापतको भाडा समेत गुरुङले ६८ सालदेखि खाँदै आएको उजुरीमा उल्लेख गरीएकाे छ ।
यस अघि पनि नेता गुरूङ बालिका बलात्कार काण्डमा जबरजस्ती मिलापत्र गराएर आर्थिक चलखेल गरेको अाराेप सहित प्रहरीले सार्वजनिक एेन मुद्धा चलाएर रू पाच हजार धराैटीमा छाडेकाे थियाे । यता यस बिषयमा नेता गुरूङ संग सम्पर्क गर्दा उनकाे माेबाइल स्विच अफ भएकाे कारण कुनै कुरा हुन पाएन । पुर्बेली न्युज बाट










