सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वको सर्वोच्च शिखर सगरमाथा मुलुकको एकता र गौरवको प्रतिक भएको बताउनु भएको छ ।

सगरमाथा आरोहण संघले शनिबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सगरमाथाले विश्वकै नागरिकलाई एकतामा राखेको बताउनुभएको हो । उहाँले सगरमाथा आरोहीहरुले समाजसेवा र मानव सेवाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन अझै महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष दाहालले रक्तदान जस्तो मानवीय सेवाको काममा लाग्ने सगरमाथा आरोहीहरुको कामना पूरा होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो । कार्यक्रमा दाहालसहित पत्नी सीता दाहाल र बुहारी खानेपानी तथा सरसफाई मन्त्री एवम् स्वर्गीय प्रकाश दाहालकी पत्नी विना मगरको पनि उपस्थिति रहेको थियो ।

दिवंगत सगरमाथा आरोहीहरुको स्मृतिमा आयोजना गरिएको रक्तदान कार्यक्रममा अध्यक्ष दाहालसहित पत्नी सीताको दाहालका छोरा प्रकाश सगरमाथा आरोहण गरेको दिनको स्मरणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा दाहाल दम्पति भावविह्वल देखिनुहुन्थ्यो ।

त्यस अवसरमा अध्यक्ष दाहालले सगरमाथा आरोहण जस्तो महान काम गरेर जीवन उत्सर्ग गर्नेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गर्नु भएको थियो । उज्यालो बाट साभार