संखुवासभाको धर्मदेवी नगरपालिका–१, तेल्लोकमा शनिबार अपराह्न भरुवा बन्दुकले हानेको गोली लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

स्थानीयवासी चकेन्द्र अधिकारीले नजिकै जंगलमा आएको मृगलाई गोली हान्नेक्रममा २७ वर्षीय योगेन्द्र पौडेललाई गोली लागी निजको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गोली प्रहार गर्ने अधिकारीलाई मुडे प्रहरीचौकीले नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

शव परीक्षण हुन बाँकी रहेको जनाइएको छ । रासस