दमक/झापाको दमक पाँचगाछी चल्ने बस आज अपरान्ह पल्टदा २० जना घाइते बनेकाछन् । मुजुरभिट्टा भन्ने स्थानमा बस पल्टेको जनाईएको छ । मे १ ख १५१८ नम्बरको बस पल्टेको हो ।

घाईतेहरुको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरु खतरामुक्त रहेको जनाइएको छ ।